गैरआवासीय नेपालीलाई आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री

नेपालभ्युज

गैरआवासीय नेपालीलाई आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बनाउँदा गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने हिउँदे अधिवेशनमा कानून बनाउने जानकारी दिए ।

साथै, अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बनाउँदा गैरआवासीय नेपालीहरूलाई नेपालमा आवतजावत गर्दा तथा बसोबास गर्दा भिसा नचाहिने कानून बन्ने प्रतिबद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved