देउवाले बोलाए पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

नेपालभ्युज

देउवाले बोलाए पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।

दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि देउवाले भोलि (बिहीबार) आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका हुन् ।

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

साथै, देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरूबीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved