यू–१९ महिला विश्वकप

अमेरिकासँगको अभ्यास खेलमा पनि नेपाल पराजित

नेपालभ्युज

अमेरिकासँगको अभ्यास खेलमा पनि नेपाल पराजित

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटको तयारीस्वरुप अमेरिकासँगको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित रोयल सेलान्गोर क्लबमा भएको खेलमा अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको हो ।

पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।

नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अमेरिकाका लागि इसानी भागेलाले २४ रन बनाइन् ।

नेपालका लागि रिया शर्माले ३ तथा कप्तान पूजा महतोले १–१ विकेट लिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५८ रन बनाएको थियो ।

नेपालका लागि सना प्रविणले १२ बनाइन् । कप्तान महतोले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

अमेरिकाका रितु सिंह, सुहानी थाडानी, इशानी भाग्हेला, सान्भी इम्मादी र पूजा साहले १–१विकेट लिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved