कैदीबन्दी महिलालाई सेनिटरी प्याड वितरण

नेपालभ्युज

कैदीबन्दी महिलालाई सेनिटरी प्याड वितरण
सांकेतिक तस्बीर

झापा । झापा कारागारका कैदीबन्दी महिलालाई आज सेनिटरी प्याड वितरण गरिएको छ। बिर्तामोडकी कृष्टिना प्रसाईँले जन्मदिनका अवसरमा कारागारमा रहेका ७७ महिलालाई सेनिटरी प्याड वितरण गरेकी हुन्।

जन्मदिनमा गरिने अनावश्यक खर्च कटौती गरेर कैदीबन्दी महिलालाई एक वर्षसम्म पुग्ने गरी ९२४ प्याकेट सेनिटरी प्याड वितरण गरिएको छ।

प्याड वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारगार प्रमुख सावित्रा बस्नेत कार्कीको समेत उपस्थिति थियो। सोही अवसरमा उहाँका बुवा समाजवेसी श्याम प्रसाईँले महिला कारागारमा एक हजार लिटर क्षमताको पानीट्याङ्कीसमेत राखिदिने घोषणा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved