रवि काठमाडौं जिल्ला अदालतमा (तस्वीरहरू)

रवि काठमाडौं जिल्ला अदालतमा (तस्वीरहरू)

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने आज बिहान ९ बजेपछि अदालतमा उपस्थित भएका हुन् ।

कास्की जिल्ला अदालतको आदेशबमोजिम बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं जिल्लाअदालतमा उपस्थित भएका हुन् ।

हेरौँ तस्वीरमा :

आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै रवि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved