ताप्लेजुङमा बुष्टर डोजको तयारी

जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ।

नेपालभ्युज

ताप्लेजुङमा बुष्टर डोजको तयारी

ताप्लेजुङ। ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ।

कोभिशिल्ड खोप लगाएको ६ महिना समय पुगेकालाई बुष्टर डोज दिन लागिएको हो।

जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ।

नगरपालिका– ४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरुमार्फत बुष्टर डोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved