हसिना भारतमै रहने, सुपुर्दगीको मागबीच बढायो भिसा अवधि

नेपालभ्युज

हसिना भारतमै रहने, सुपुर्दगीको मागबीच बढायो भिसा अवधि

काठमाडौं । भारतले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी नगर्ने भएको छ ।

भारतले बङ्गलादेश सरकारलाई पठाएको अप्रत्यक्ष सन्देशमा यस विषयमा आफ्नो अडान स्पष्ट गरिएको छ ।

यसबीच हसिनाको राहदानी खारेज भएपनि भारतले उनको भिसाको म्याद थप गरेको छ । गृह मन्त्रालयले हसिनालाई भारतमा बस्न भिसाको म्याद थप गरेको जनाएको छ ।

शेख हसिना ५ अगस्टमा ढाका छोडेकी थिइन् । उनलाई बङ्गलादेश सुपुर्दगी गर्ने विषयमा निकै चर्चा चलिरहेको बेला भारतले उनको भिसा थपेको हो ।

बङ्गलादेश सरकारले हालै भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको थियो । यस्तो अवस्थामा भारतले लिएको यो निर्णय निकै महत्वपूर्ण मानिएको छ ।

मोहम्मद युनुसको सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गर्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved