मधेस प्रदेशसभाको चौथो अधिवेशन : पहिलो दिन नै सरकारको चर्को आलोचना

नेपालभ्युज

मधेस प्रदेशसभाको चौथो अधिवेशन : पहिलो दिन नै सरकारको चर्को आलोचना

जनकपुरधाम । साढे तीन महिनादेखि अवरुद्ध रहेको मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरू भएको छ । पहिलो बैठकमै सरकारको चर्को आलोचना भएको छ ।

सांसद कन्चन विच्छाले नीति तथा कार्यक्रम तथा बजेट पास गरेको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको, विकास बजेट खर्च शून्यको अवस्थामा रहेको भन्दै सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरिन् ।

निवर्तमान मुख्यमन्त्री समेत रहेका सांसद लालबाबु राउतले जनमत पार्टीको नेतृत्वमा सरकार गठन भएको सात महिना हुन लाग्दा पनि केही काम पनि हुन नसकेको भन्दै यसको जिम्मेवारी कसले लिने हो भन्दै प्रश्न उठाए । उनले भने, नीति कार्यक्रम र बजेट तपाईंहरूले ल्याएको होइन् ? अनि काम गर्न कसले रोकेको छ, जनतालाई जान्ने अधिकार छ कि छैन् ?

काङ्ग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूले काम गर्न नसक्ने र गल्तीको बोझ अर्काको टाउकोमा थुपारेर सरकार उम्कन नपाउने बताए । उनले मुख्यमन्त्रीलाई असहयोग नगरेको भन्दै प्रश्न गरे – तपाईं किन अल्मलिनु भएको छ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved