जय ट्रफी

आर्मी र पुलिस बीचको खेल पनि बराबरीमा सकियो

नेपालभ्युज

आर्मी र पुलिस बीचको खेल पनि बराबरीमा सकियो
तस्वीर - क्यान

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि ड्र भएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार र सोमबार भएको खेल बराबरीमा सकिएको हो । यता मधेस प्रदेश र बागमती प्रदेशबीचको खेल ड्र भएको छ ।

सोमबार दोस्रो इनिङ्समा १७२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको पुलिसले ४२ ओभरमा ५ विकेटको क्षतिमा ८८ रन बनायो ।

पुलिसका लागि अमित श्रेष्ठले ३६ रन बनाए । अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् ।

आर्मीका लागि आकाश चन्दले र साहब आलमले २-२ विकेट लिए ।

यसअघि आर्मीले आफ्नो दोस्रो इनिङ्समा ५२.६ ओभरमा अलआउट हुँदा १७५ रन बनाएको थियो ।

पहिलो इनिङ्समा आर्मी १२१ रनमा अलआउट भएको थियो ।

जय ट्रफी : आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

जबकी पुलिस आफ्नो पहिलो इनिङ्समा १२५ रनमा अलआउट हुँदा ४ रनले अग्रता लिएको थियो ।

जय ट्रफी : आर्मीविरुद्ध पुलिस १२५ रनमा अलआउट

टस जितेर पुलिसले पहिले बलिङ गर्ने निर्णय लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved