जय ट्रफी : आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

नेपालभ्युज

जय ट्रफी : आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य
तस्वीर स्रोतः क्यान

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १७२ रनको लक्ष्य दिएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङ्समा आर्मी ५३ ओभरमा १७५ रन बनाएर अलआउट भएको हो । यससँगै आर्मीले पुलिसलाई १७१ रन लक्ष्य दिएको छ ।

पहिलो इनिङ्समा आर्मी १२१ रनमा अलआउट भएको थियो । जबकी पुलिस आफ्नो पहिलो इनिङ्समा १२५ रनमा अलआउट हुँदा ४ रनले अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा सोमपाल कामीको सानदार अर्धशतकीय पारीमा आर्मीले १७५ रन बनाएको हो । कामीले १३८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ८२ अविजित रन बनाए । त्रित राज दासले भने ३४ रन बनाए ।

पुलिसका लागि भने कुशल भूर्तेलले ४, गुल्शन झले ३, ललित राजवंशीले २ तथा राशिद खाले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved