सुदूरपश्चिम प्रदेश नीति आयोगको उपाध्यक्षमा राना नियुक्त

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश नीति आयोगको उपाध्यक्षमा राना नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा जीवन रानालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगको सदस्यमा डा हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् ।

धनगढी उपमहानगरपालिका–८ निवासी नवनियुक्त उपाध्यक्ष रानाले रानाथारू समुदायको सांस्कृतिक जीवन विषयमा विद्यावारिधि गरेकी छिन् । प्रदेश सरकारले आयोगको उपाध्यक्षमा पहिलो पटक महिला नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त राना कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारू समुदायबाट विद्यावारिधि गर्ने नेपालकै पहिलो व्यक्ति हुन् । आयोगको सदस्यमा नियुक्त डा हिरा चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–१० र शेरबहादुर भण्डारी डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका निवासी हुन् ।

नवनियुक्त उपाध्यक्षलाई शुक्रबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ गराए ।

मुख्यमन्त्री शाहले आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यबाट विकास र समृद्धिको मार्गमा प्रदेशलाई डोर्याउन आवश्यक नीति निर्माण र तिनको कार्यान्वयनमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved