हुम्लामा लगातार हिमपात, जनजीवन कष्टकर

नेपालभ्युज

हुम्लामा लगातार हिमपात, जनजीवन कष्टकर
फाइल तस्वीर ।

हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए । “गाई झोपा र जुमागोठभित्रै छन् भने चौँरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ ।”, उनले भने ।

सिमकोट हुने सबै हवाई यातायात बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन् । यस वर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved