अग्रज नेताले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्छ : देउवा

नेपालभ्युज

अग्रज नेताले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्छ : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं काङ्ग्रेस नेता पीएल सिंहको १३औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा देउवाले यस्तो बताएका हुन् ।

उनले स्वर्गीय पीएल सिंहले जनताको सेवाका लागि गरेका कामहरुको स्मरण गरे । पीएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे ।

त्यस्तै, अन्य कांग्रेस नेताहरुले पीएल सिंहको योगदानको स्मरण गरेका थिए । समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुस १ गते निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved