काठमाडौं । भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
भारतमा आज (शुक्रबार) सबै सरकारी कार्यक्रम बन्द गरिएको छ । साथै स्वर्गीय सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।
शनिबार अन्त्येष्टिको दिन विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
केरला सरकारले पनि डिसेम्बर बुधबारदेखि यही पुष १७ गतेसम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।
कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।
सिंहको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत धेरै नेताले शोक व्यक्त गरेका छन् ।
सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो ।
पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर र त्यसपछि अक्सफोर्डबाट विद्यावारिधि (पीएचडी) गरेका थिए ।
Facebook Comment
Comment