कांग्रेस आईले गर्‍यो सात दिनका लागि तय आफ्ना सबै कार्यक्रम स्थगित

नेपालभ्युज

कांग्रेस आईले गर्‍यो सात दिनका लागि तय आफ्ना सबै कार्यक्रम स्थगित
तस्वीर साभार : नेसनल हेराल्ड ।

काठमाडौं । बिहीबार राति दिल्लीको एम्स अस्पतालमा निधन भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरलाई उनको निवासमा ल्याइएको छ ।

उनको पार्थिव शरीरलाई शुक्रबार बिहान दिल्लीस्थित निवासमा ल्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनखर, लोकसभा अध्यक्ष ओम बिर्ला, वित्तमन्त्री निर्मला सीतारमण, विपक्षी नेता राहुल गान्धी, केन्द्रीय मन्त्रीर अन्य प्रमुख नेताहरूले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई)का अध्यक्ष मल्लिकार्जुन खड्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी, केसी वेणुगोपाललगायत धेरै कांग्रेस नेताहरू राति उनको निवास पुगेकाे बीबीसी हिन्दीकाे समाचारमा उल्लेख छ ।

केसी वेणुगोपालले ट्वीटरमार्फत पूर्वप्रधानमन्त्री सिंहको निधनका कारण कांग्रेस आईले आगामी सात दिनका लागि आफ्ना सबै कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन् ।

कांग्रेस आईले शुक्रबार कर्नाटकको बेलगावीमा ‘जय बापु, जय भीम, जय संविधान’ र्‍याली गर्ने कार्यक्रम थियो ।

बिहीबार साँझ स्वास्थ्य बिग्रिएपछि कांग्रेस आईका पूर्वनेतासमेत रहेका सिंहलाई एम्समा भर्ना गरिएको थियो र यहीँ उनले अन्तिम सास फेरेका थिए ।

मनमोहन सिंहका विशेषता : सादा जीवनदेखि यथार्थपरक विदेश नीतिसम्म


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved