अनुमतिबिना फोटो र भिडिओ खिचे अनि प्रकाशित गरे कारबाही गरिने

नेपालभ्युज

अनुमतिबिना फोटो र भिडिओ खिचे अनि प्रकाशित गरे कारबाही गरिने

काठमाडौं । सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही हुने भएको छ।

गृह मन्त्रालयले आज एउटा सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिबिना यस्तो गरे जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ।

सार्वजनिक स्थलमा ख्यालठट्टाका नाममा गोप्य रूपमा भिडिओ तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved