मनकामना केबलकार पुस १ र २ गते बन्द हुने

नेपालभ्युज

मनकामना केबलकार पुस १ र २ गते बन्द हुने

गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामना केबलकार पुस १ र २ गतेका लागि बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिका नायब प्रवन्धक उज्वल शेरचनका अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गर्न लागिएको हो ।

शेरचनले भने, “पुस ३ गते बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन हुनेछ ।”

यस अवधिभर केबलकारको प्रवेशद्वारमै रहेको ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालनमा रहने जानकारी कम्पनीले दिएको छ ।

नेपालमा पहिलोपटक विक्रम संवत् २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा ल्याइएको मनकामना केबलकारले दर्शनार्थीलाई गोरखास्थित मनकामना मन्दिर जाने यात्रा सहज बनाउँदै आएको छ ।

दर्शनार्थीका लागि सुविधाजनक सेवा सुनिश्चित गर्न समय-समयमा केबलकारको मर्मत सम्भार आवश्यक हुने भएकाले दुई दिनको यो रोकावटले यात्रुलाई असुविधा भए पनि नियमित सेवा सुनिश्चित गर्न सहयोग पुर्‍याउने प्रालिले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved