काठमाडौं । दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ ।
पुष्प २ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको मृत्यु प्रकरणमा उनलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
प्रहरीले अल्लु अर्जुनलाई हैदरावादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको छ । उनलाई मेडिकल चेकअपका लागि उस्मानिया अस्पताल लगिनेछ र बयान लिने प्रहरीले जनाएको छ ।
उनीमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा बिना जानकारी आएको आरोप छ । जसका कारण त्यहाँ ठूलो भीड जम्मा भएको थियो । घटनामा धेरै मानिस घाइते भए ।
यस घटनापछि अधिकारीहरूले सन्ध्या थिएटरका सञ्चालक अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेका थिए ।
अल्लु अर्जुन र उनको टोलीले पनि महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए । अभिनेताले मृतक रेवतीका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुलाई भेटे पनि । अभिनेताले २५ लाख सहयोग गर्ने वाचा पनि गरेका थिए । अल्लुले यो घटनाबाट आफू दु:खी भएको बताएका थिए ।
अल्लु अर्जुनविरुद्ध बीएनएसको धारा १०५, ११८(१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । यो गैर जमानती खण्ड हो ।
हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपायुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई भने, ”बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ ।”
अल्लुका निजी अंगरक्षक सन्तोषलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पूरा मामिला
वास्तवमा अल्लु अर्जुन बिना जानकारी डिसेम्बर ४ मा फिल्मको प्रदर्शनका लागि सन्ध्या थिएटरमा आएका थिए । जसका कारण फ्यानहरु अल्लु अर्जुनलाई भेट्न आतुर थिए ।
फ्यानहरूको ठूलो संख्या उनीसँगै थिएटर प्रवेश गर्न खोजे । जसका कारण थिएटरमा ठूलो भीड जम्मा भयो र मानिसहरूलाई सास फेर्न गाह्रो हुन थाल्यो ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले हल्का लाठीचार्ज गरेको थियो । भीड कम भएपछि निसास्सिएर बेहोस भएका मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यही क्रममा अस्पतालमा एक महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
Facebook Comment
Comment