जनकपुर भर्सेस सुदूरपश्चिम : लयमा रहेका दुई टोलीबीच प्रतिष्ठाको लडाइँ, दाजु-भाइ प्रतिद्वन्द्वी

नेपालभ्युज

जनकपुर भर्सेस सुदूरपश्चिम : लयमा रहेका दुई टोलीबीच प्रतिष्ठाको लडाइँ, दाजु-भाइ प्रतिद्वन्द्वी

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुत्रबार) पनि दुई खेल हुँदैछन् ।

आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

आज बिहान ९ बजे सुरु हुने पहिलो खेललाई धेरैले प्रतीक्षा गरिरहेका छन् । कारण, लयमा रहेका दुई टोली जनकपुर र सुदूरपश्चिम आमने–सामने हुँदैछन् ।

जनकपुरले सुरुवाती दिनदेखि नै गरेको उच्च प्रदर्शन कायम राखेको छ । उसले चार खेल खेल्दा सबैमा शानदार जित निकालेको छ ।

अर्कोतिर सुदूरपश्चिमले पनि लगातार तीन खेल जितेको थियो । तर चौथो खेलमा भने उ चितवन राइनोजसँग पराजित भएको थियो ।

यी दुवै टोलीका समर्थक यतिबेला आफ्नो टोली बलियो भएको तर्क गरिरहेका छन् । यसर्थ यी दुई टोलीबीचको आजको खेल खाली नतिजाका लागि मात्र नभएर प्रतिष्ठाको लगाइँको रुपमा पनि हुने देखिन्छ ।

जनकपुर र सुदुरपश्चिम भेट हुँदा अर्को रोचक पक्ष पनि देखिने छ । सहोदर दाजु–भाइ एक–अर्काका प्रतिद्वन्द्वी हुनेछन् । भाइ आसिफ शेखले जनकपुरबाट तथा दाजु आरिफ शेखले सुदूरपश्चिमबाट खेल्नेछन् ।

पर्साका यी दुवै दाजु–भाइ नेपाली राष्ट्रिय टोलीका सदस्य हुन् । यसर्थ यी दुईबीचको आमने–सामने पनि आज रोचक हुने अनुमान छ । आसिफ विकेटकिपर र ओपनर ब्याटर हुन् भने आसिफ अलराउन्डर हुन् ।

आज जनकपुरले जितेमा उ प्लेअफमा जाने निश्चित हुनेछ । जनकपुरको कप्तानी अनिलकुमार साहले तथा सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।

यस्तै दिउँसो १ बजे काठमान्डु र लुम्बिनीबीच खेल हुनेछ । यी दुवै टोली दोस्रो खेल जित्दै प्लेअफ सम्भावना कायमै राख्न चाहन्छन् । काठमान्डुले आफ्नौ चौथो तथा लुम्बनीले पाँचौ खेल खेल्दैछ ।

काठमान्डुको कप्तानी करण केसीले तथा लुम्बिनीको रोहितकुमार पौडेलले गर्नेछन् ।

रनमा रोहितको फराकिलो अग्रता, पछ्याउँदै रवि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved