सप्तरीमा फेरि ट्रकमा आगजनी

नेपालभ्युज

सप्तरीमा फेरि ट्रकमा आगजनी

सप्तरी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ। कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। उनले भने, “ट्रकचालक पनि सम्पर्कमा आएका छैनन्।” अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उनले बताए। ट्रक भने पूर्णरूपमा जलेको छ।

यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरुप नगरपालिकाबाट आएको बरुणयन्त्रले निभाएको काफ्लेले जानकारी दिए। एक महीनाअघि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved