पैसा चोरेको ‘झुटो आरोप’ लागेपछि आत्महत्या, आरोप लगाउने पसले पक्राउ !

नेपालभ्युज

पैसा चोरेको ‘झुटो आरोप’ लागेपछि आत्महत्या, आरोप लगाउने पसले पक्राउ !

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा ६, धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा सोही ठाउँका ३५ वर्षीय देवान राई पक्राउ परेका छन् ।

४ मंसिरमा आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई राईले सुमनलाई गाली बेइज्जती गरेका थिए । निर्घात कुटपिट समेत गरेका थिए ।

आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिए ।

१७ मंसिरमा खड्काका परिवारले किटानी जाहेरी दिएका थिए ।

खड्काले आफूमाथि राईले लगाएको आरोप र गाली बेइज्जती सहन नसकी ९ मंसिरको राति घरबाट २ सय मिटरको दूरीमा रहेको दुधिलोको रूखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

खड्काले आफूले आत्महत्या गर्नुको मुख्य कारण पैसा चोरेको दोष लगाई गाली बेइज्जती गर्ने देवान राई रहेको सुसाइड नोटमा उल्लेख गरेको पीडितका दाजु गणेश खड्काले बताए ।

राईको कुटाइबाट मृतक सुमनको शरीरका विभिन्न भाग र नलीखुट्टामा गहिरो चोट रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन बोहोराका अनुसार मृतक खड्कालाई कुटपिट गरेको राईले स्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved