काठमाडौं। भारतले आज (बुधबार)७३ औँ गणतन्त्र दिवस मनाउँदै छ। सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेश स्वतन्त्र भएपछि भारतले हरेक वर्ष यो दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ।
गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरूको सूची सार्वजनिक गरेको छ। यसपटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ।
पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठुलो सम्मान मानिन्छ। यसपटक पद्म विभूषण पाउनेमा गएको डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिक जनरल विपिन रावतसहित उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंह, गोरखपुरको गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन्। रावत, सिंह र खेमकालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।
भारत बेलायतबाट स्वतन्त्र भएलगत्तै पाकिस्तान पनि १९४७ कै अगस्ट १४ मा भारतबाट अलग्गिएको थियो। त्यति बेला बङ्गलादेश र पाकिस्तान पनि भारत नै थिए। पछि फेरि सन् १९७१ मार्च २६ मा बङ्गलादेश पनि पाकिस्तानबाट अलग्गिएर छुट्टै स्वतन्त्र राष्ट्र बन्यो।
Facebook Comment
Comment