रविलाई सडकमार्ग हुँदै रातारात पोखरा पुर्‍याइयो

नेपालभ्युज

रविलाई सडकमार्ग हुँदै रातारात पोखरा पुर्‍याइयो
फाइल तस्वीर

काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार राति कास्कीकाे पोखरा लगिएको छ ।

चितवनमा बुधबार बयान सकिएपछि उनलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको हो ।

गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई चितवनबाट मध्यराति ३:३० बजे पोखरा पुर्‍याइएको प्रहरी स्रोतले जनाएको छ ।

बिहान लैजाँदा समर्थकको भीडभाड हुनसक्ने भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको बताइएको छ ।

यसैबीच लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्राएर अपचलन गरेको आरोपमा लामिछाने, राई र पूर्वडीआई छविलाल जोशी बञ्जाडेसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो ।

काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ । बुधबार चितवनमा उनले त्यहाँको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिएका थिए ।

उनले यसअघि नै पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिइसकेका छन् ।

रातारात पोखरा पुर्‍याइएका लामिछानेलाई अब फेरि पर्सा लगिने छ । उनलाई पुन: म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ ।

रवि, जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved