नेपाल चिनियाँ पर्यटकलाई स्वागत गर्न सधैं तयार छ : चन्द्र ढकाल

नेपालभ्युज

नेपाल चिनियाँ पर्यटकलाई स्वागत गर्न सधैं तयार छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल चिनियाँ पर्यटकहरूलाई स्वागत गर्न सधैं तयार रहेको बताएका छन् । नेपाल-चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।

उनले नेपाल सुन्दर परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र अनुपम अनुभवका साथ नेपाल विश्व यात्रुहरूका लागि आकर्षक गन्तव्य रहेको बताए ।

‘भिजिट नेपाल इयर इन चाइना’अन्तर्गत होटल, रिसोर्ट, थिम पार्क र केबुलकार जस्ता साहसिक पूर्वाधारमा लगानी गर्ने अपार सम्भावना रहेको उनी बताउँछन् ।

उनले थप भने, ‘कनेक्टिभिटी र आर्थिक गतिविधि बढाउन नेपाललाई राम्रो सडक, रेलमार्ग र विमानस्थलको नितान्त आवश्यकता छ । म दुबै सरकारलाई चिनियाँ सहरहरू र नेपालमा नवनिर्मित विमानस्थलहरू पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूबीच उडानहरू सफलतापूर्वक सञ्चालन गर्न अनुरोध गर्दछु । हाम्रो व्यापार तथा पारवहन सम्झौताअनुसार पूर्वाधार निर्माण गर्न र बन्दरगाह सञ्चालन गर्न सरकारहरूलाई पनि अनुरोध गर्दछु ।’

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानी गर्न विभिन्न क्षेत्रमा अवसर रहेको बताए ।

साथै, युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेलले नेपाललमा लगानी गर्न महासंघले सहयोग गर्दै आइरहेको बताए । नेपालमा व्यापार र लगानीका हिसाबले निजी क्षेत्रको प्राथमिकतामा रहेको उनी बताउँछन् ।

सम्मेलनमा महासंघका उपाध्यक्ष ज्योत्सनासहित, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ, सिम्याक्स इङ्क प्रालिका अध्यक्ष अनिल श्रेष्ठलगायत ३५ जना उद्योगी सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved