नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

नेपालभ्युज

नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ ।

यूएई दुबई क्रिकेट स्टेडियममा जारी खेलमा नेपाल ४५.४ ओभरमा १४१ रन बनाएर अलआउट भएको हो ।

नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । सो क्रममा उनले ७७ बलमा ५ चौका प्रहार गरे । उत्तम मगर र अभिषेक तिवारीले २९-२९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बंगलादेशका लागि रिजन होसान र अल फाहादले २–२ विकेट लिए । टस जितेर बंगलादेशले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved