धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भए यी तीन

नेपालभ्युज

धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भए यी तीन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको बताइएको छ  ।

सन्तोषनारायण श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

समितिले यी तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ ।

बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved