अपहरणमा परेका चालक अफलाइन राइडमा थिए : पठाओ

नेपालभ्युज

अपहरणमा परेका चालक अफलाइन राइडमा थिए : पठाओ

काठमाडौं। पठाओ नेपालले शनिबार  राति अपहरणमा परेका पठाओ राइडर अफलाइनमा रहेको बताएको छ। आइतबार प्रेस विज्ञप्ति निकाल्दै पठाओले राइडर प्रविन राईले अफलाइनबाट बार्गेनिङ गरि ग्राहकलाई लिएर गएको बताएको हो।

‘‘उक्त समयमा भएको राइड पठाओको अनलाइन राइड नभएकोकाले यस्तो राइड सुरक्षित र सुनिश्चित दुवै नहुने अफलाइन राइड लिने र दिने काम नगर्न हामीले बारम्बार सेवाग्राही र राइडर दुबैलाई सुझाउँदै आएका छौं,” विज्ञप्तिमा भनिएको छ।

शनिबार राति कोटेश्वरबाट धापाखेलको राइडिङका क्रममा चालक राईलाई ग्राहकले मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर मोटरसाइकलसहित ८ हजार नगद लुटपाट गरेका थिए। लुटपाट गरेको आरोपमा पठाओमा ग्राहक बनेर गएका सुमन तामाङ र सहयोगी मिनराज राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved