वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

नेपालभ्युज

वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

वीरगन्जबाट पोखरातर्फ जान लागेको बस हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

शुक्रबार बिहान १० बजेतिर ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेहरुमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका छन् । उनीहरुलाई हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

बसमा १८ जना यात्रु सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved