रिलायन्स स्पिनिङ्ग मिल्सको सञ्चालन आम्दानी २ अर्ब ३४ करोडभन्दा बढी

नेपालभ्युज

रिलायन्स स्पिनिङ्ग मिल्सको सञ्चालन आम्दानी २ अर्ब ३४ करोडभन्दा बढी

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रूपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रूपैयाँ पुगेको छ ।

गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रूपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

त्यस्तै कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रूपैयाँ कुल नाफा कमाएको छ । कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रूपैयाँ रसञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रूपैयाँ र वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रूपैयाँ रहेको छ ।

१ अर्ब ७० करोड ७३ लाख ४० हजार रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रूपैयाँ छ ।

नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत वर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस वर्ष भनेसुधार आएको छ ।

गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.९७ रूपैयाँमा झरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा त्यसमानिकै सुधार भएर १९.९५ रूपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved