मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको जित

नेपालभ्युज

मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको जित

काठमाडौं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानलाई २–० गोलले पराजित गरेको छ ।

शनिबार साँझ ताजकिस्तानको डुसान्बेस्थित सेन्टर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले विजयी बनेको हो ।

नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले १–१ गोल गरे ।

अफगानी राष्ट्रिय टिमसँग नेपालले ११ वर्षपछि खेलेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो ।

यसअघि बुधबार घरेलु टोली ताजकिस्तानसँगको खेल नेपालले ४–० ले गुमाएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved