काठमाडौं । विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधामबाट विश्व हिन्दुपरिषद्का पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने तयारीमा छन् ।
भगवान सीतारामको विवाहलाई ध्यानमा राख्दै, ५ सय जनाको संख्यामा तिलक लिएर अयोध्याका जन्तीका लागि आमन्त्रण पत्र सहित यात्रा शुरू गर्न लागेको जानकारी विश्व हिन्दुपरिषद् धनुषाका अध्यक्ष सन्तोष साहले दिएका छन् ।
मधेसका मुख्यमन्त्री सतिश सिंह यस टोलीलाई विदाई गर्नेछन् । मंसिर २ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रमको भागका रूपमा मुख्यमन्त्री सिंह पनि यो टोलीमा सहभागी भएर तिलकसहित अयोध्या जानेछन् ।
तिलक लिएर जाने टोली २ गते अयोध्या पुग्ने र ३ गते जानकी मन्दिरको पत्र विश्व हिन्दुपरिषद्का महासचिव राजेन्द्र सिंह पंकजको नेतृत्वमा चम्पत रायलाई हस्तान्तरण गरिने जानकारी दिइएको छ ।
विवाहपञ्चमी महोत्सवका अवसरमा, विश्व हिन्दुपरिषद्को सक्रियतामा यस वर्ष पनि सामूहिक विवाहको कार्यक्रम राखिएको छ, जसले यो सांस्कृतिक पर्वलाई अझ विशेष बनाउनेछ ।
Facebook Comment
Comment