काठमाडौं । मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले अधिकारीसहित सो प्रकरणमा पक्राउ परेका सबैलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो ।
यो पक्ररणमा अधिकारीसहित खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई, रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा, नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे, ओखलढुंगाका ३२ वर्षीया गुढी राई र ४१ वर्षीय नविन राई पक्राउ परेका छन् ।
Facebook Comment
Comment