पत्रकार एलबी विश्वकर्माको निधनबारे छानविन गर्न माग

नेपालभ्युज

पत्रकार एलबी विश्वकर्माको निधनबारे छानविन गर्न माग

काठमाडौं । रकम अभावका कारण अस्पतालले भर्ना नलिएको विषयमा छानविन हुनुपर्ने माग प्रेस काउन्सिल नेपालले गरेको छ। टिभी टुडेमा कार्यरत पत्रकार एल बी विश्वकर्माको बिहीबार पाटन अस्पतालमा निधन भएको थियो।
उपचारका लागि  पहिले निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएको भन्दै उक्त अस्पतालले भर्ना नलिएको र पाटन रिफर गरेकोे आफन्तहरूको आरोप छ। काउन्सिलले यस विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेको छ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार निजामति अस्पताल प्रशासन पुगेर अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानविन गर्न माग गरेको हो।

अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा कुरा भएको बताए। अछामको रामारोशन गाउँपालिका वडा नं. ५ स्थायी घर भएका २६ वर्षिय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा पत्रकारीतामा सक्रिय थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved