जनकपुरधाम। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कारबाही माग गर्दै नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा प्रदर्शन गरेको छ।
हिंसात्मक अभिव्यक्ति दिने जसपा नेतृसमेत रहेकी मन्त्री यादवलाई तत्कालै बर्खास्त गरी कानुनी कारबाही गर्न माग गर्दै युवासंघका नेता कार्यकर्ताले शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेका हुन्।
युवा संघ धनुषाको आयोजनामा निस्केको जुलुस जनकपुधामरको विभिन्न भागमा प्रदर्शन गर्दै जुलुसमा सहभागीहरूले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिँदैन’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन्।
पदीय मर्यादाविपरीत हिंसात्मक अभिव्यक्ति दिएकाले उनलाई तत्कालै पदमुक्त गरी कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत युवासंघले दिएको छ।
Facebook Comment
Comment