देशका पहाडी भेगमा आज हल्का वर्षाको सम्भावना, बाँकी क्षेत्रमा मौसम सफा

नेपालभ्युज

देशका पहाडी भेगमा आज हल्का वर्षाको सम्भावना, बाँकी क्षेत्रमा मौसम सफा

काठमाडौं । आज देशभरको मौसमको पूर्वानुमान अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

विशेषगरी कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक देखि साधारण बदली रहनेछ भने अन्य क्षेत्रको मौसम भने सामान्य रूपमा सफा नै रहनेछ ।

केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

मौसममा आएको यो परिवर्तनले कृषिमा समेत प्रभाव पार्न सक्ने भएकाले किसानहरूलाई सतर्क रहन समेत आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved