साफ महिला च्याम्पियनसिप फाइनलको टिकट बिक्री स्थगित गर्ने एन्फाको निर्णय

नेपालभ्युज

साफ महिला च्याम्पियनसिप फाइनलको टिकट बिक्री स्थगित गर्ने एन्फाको निर्णय

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको अग्रिम टिकट बिक्री स्थगित गरेको छ । एन्फाका प्रवक्ता सुरेश शाहले सोमबार एक सूचना जारी गर्दे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको जनाएका हुन् ।

यसअघि आइतबार नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।

एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई टिकेटिङ बिक्रीको अधिकार दिएको थियो । एन्फाले यसलाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुने पनि सूचनामा जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved