नेपाली सेनाका सिपाही पेस्तोलसहित पक्राउ

नेपालभ्युज

नेपाली सेनाका सिपाही पेस्तोलसहित पक्राउ

काठमाडौं । रानीवनबाट नेपाली सेनाका एक सिपाही पेस्तोलसहित पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले शनिबार नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट एक सिपाहीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन् ।

उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचनाको आधारमा पुगेका प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट यूएसए लेखिएको पेस्तोल बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved