धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या, तीनजना पक्राउ

नेपालभ्युज

धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या, तीनजना पक्राउ
प्रतीकात्मक तस्वीर ।

बारा । बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ ।

शनिबार साँझ महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार घटना शनिबार बेलुका भएको थियो ।

श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो।

यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved