शितलनिवास अगाडि प्रदर्शन गर्ने तीन जना पक्राउ

नेपालभ्युज

शितलनिवास अगाडि प्रदर्शन गर्ने तीन जना पक्राउ

काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि भन्दै राष्ट्रपति कार्यालय, शितलनिवास अगाडी प्रदर्शन गर्ने  तीन जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शितलनिवास गेटबाट सकिला तेली, ललिता थारु र अनिता थारुलाई पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बाँकेकी कुर्मीको न्यायका लागी भन्दै मानवअधिकारकर्मी रुबि खानको नेतृत्वमा ७७ दिनदेखि प्रदर्शन भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved