साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

नेपालभ्युज

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा  भारतलाई पराजित गर्दै बंगलादेश  सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश समूहको शीर्षमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

बंगलादेशको जितमा तोहुरा खातुनले २ गोल र अफिदा खान्दाकरले एक गोल गरिन्। भारतका लागि बाला देवीले सान्त्वना गोल फर्काइन्।

आजको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved