दुई थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

नेपालभ्युज

दुई थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

महोत्तरी। महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा नक्कली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ।

गए राति भारतको मधवापुर सहरबाट नक्कली नोट बोकी नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा–२ स्थित धिरापुरचोक नजिकै नियमित जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली एक हजार रुपैयाँका नक्कली नोट दुई थान बरामद गरेको छ भने निजमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved