‘मानव तस्करी’सम्बन्धी समाचार डिलिट गर्न मास्टर जब म्यानपावर सञ्चालकको धम्की 

नेपालभ्युज

‘मानव तस्करी’सम्बन्धी समाचार डिलिट गर्न मास्टर जब म्यानपावर सञ्चालकको धम्की 

काठमाडौं । वैदेशिक रोजगारीको बहानामा फर्जी कागजात बनाएर ‘मानव तस्करी’ गरिरहेको मास्टर जब म्यानपावरका सञ्चालकले आफ्नो कर्तुत सार्वजनिक गरेको भन्दै धम्क्याएका छन् । मास्टर जब म्यानपावरका डाइरेक्टर वासुदेव अधिकारीले प्रकाशित समाचार डिलिट गर्न भन्दै नेपालभ्यूजका संवाददातालाई धम्क्याएका हुन् ।

कुवेत जानुपर्ने कामदारलाई अजरबैजानको नक्कली श्रम स्वीकृति दिइएको विषयमा यही सोमबार ६:२० बजे नेपालभ्युज अनलाइन मिडियामार्फत समाचार प्रकाशन भएको थियो । सो समाचार हटाउन भन्दै अधिकारीले ह्वाट्एपमार्फत बारम्बार धम्की दिइरहेका छन् ।

कुवेत जानुपर्ने मान्छेलाई अजरबैजानको श्रम स्वीकृति, पार्लरमा काम तर, दिइएन दाम

ह्वाट्एपमा उनले लेखेका छन्, ‘फर्स्ट डिलिट गर, डन्ट प्ले । डिलिट गरिस् कि नाइँ ।’ सञ्चालक अधिकारीले अपशब्द बोल्दै संवाददातालाई थर्काएका पनि छन् ।

एजेन्ट शान्ति केसीमार्फत धापासीमा रहेको मास्टर जब म्यानपावरबाट आवेदन दिई वैदेशिक रोजगारीमा गएकी एक युवती आफूलाई म्यानपावरले फसाएको भन्दै नेपालभ्युजको सम्पर्कमा आएकी थिइन् ।

उनी सम्पर्कमा आएसँगै सो म्यानपावरले फर्जी कागजातका आधारमा नेपाली कामदारलाई विदेश पठाउँदै आएको खुलेको छ । उनको कागजातअनुसार अध्यागमन कार्यालयकै कर्मचारीलाई समेत प्रभावमा पारी सो म्यानपावरले नक्कली श्रम स्वीकृति पत्रको सहारामा विदेश पठाउने गरेको खुलेको हो ।

ती युवतीलाई कुवेत पठाउन मास्टर जब प्रालिले बनाइदिएको डकुमेन्ट सबै फेक छ । युवतीका अनुसार सो म्यानपावरले कुवेतको “नार्जिस ब्युटी सलाेन फर लेडिज”मा आफूलाई कुवेती चार सय दिनारमा बेचेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved