पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास, केही सामान्य घाइते

नेपालभ्युज

पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास, केही सामान्य घाइते

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

नाराबाजीसहित भीड अनियन्त्रित हुन थालेपछि नियन्त्रणमा लिन त्यसो गरिएको प्रहरीले जनाएको छ ।

पानीको फोहोरा र अश्रुग्यास हानेपछि रास्वपाका कार्यकर्ता तितरबितर भएका थिए । उनीहरुले अझै पनि निषेधित क्षेत्र छोड्न भने मानेका छैनन् ।

प्रहरीको बल प्रयोगका क्रममा केही प्रदर्शनकारी समान्य घाइते भएका छन् ।  प्रहरीले प्रदर्शन नरोके थप बल प्रयोग गर्ने चेतावनी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved