काठमाडौं । काठमाडौं उपत्यकामा भोलि (शुक्रबार ७ माघ) राति १२ बजेबाट जोर-बिजोर प्रणालीमा यातायात चलाउनुपर्ने निर्णय भएको छ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बिहीबार (आज) बसेको बैठकले यस्तो निर्णय गरेको हो। अब जोर दिनका दिन जोर नम्बर प्लेटका सवारी र बिजोरका दिन बिजोर नम्बर प्लेटका सवारी मात्र चलाइने पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
यससँगै बैठकले अन्य १५ ओटा पनि निर्णय गरेको छ। त्यस्तै सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने नियम बनाइएको छ। सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको प्रजिअ उपाध्यायले जनाए। त्यस्तै सार्वजनिक स्थलमा जथाभावी थुक्न पनि नपाइने र प्रयोग गरिएका मास्क पनि फाल्न नपाइने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी भएको आदेशहरू




Facebook Comment
Comment