पत्रकार एलबी विश्वकर्माको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

नेपालभ्युज

पत्रकार एलबी विश्वकर्माको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाडौं। टीभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी)को निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ।

महासंघले आज विज्ञप्ति जारी गरी विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको जनाएको छ। स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएका २४ वर्षीय विश्वकर्माको उपचारकै क्रममा आज बिहान निधन भएको हो। विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन्।

अछामको रामारोशन घर भएका विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए। उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायत सञ्चार माध्यममा काम गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved