आज बडादशैं, देशभर टीका र आशीर्वाद ग्रहण गरी मनाइदैं

नेपालभ्युज

आज बडादशैं, देशभर टीका र आशीर्वाद ग्रहण गरी मनाइदैं

काठमाडौं । आज हिन्दू नेपालीहरूको महान् चाड बडादशैं मान्यजनहरूबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।

घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।

टिका लगाउँदा आर्शिवाद दिने मन्त्र
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुयोधने ।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ ।

मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरू आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । टिका थाप्ने यो क्रम कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसीयालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved