राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

नेपालभ्युज

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडा दशैंका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूवर्क पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।

बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved