रसायनशास्त्र तर्फको नोबेल पुरस्कार बेकर, हसबिस र जम्परलाई

नेपालभ्युज

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार बेकर, हसबिस र जम्परलाई

काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परले पाउने भएका छन् ।

कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकर, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परले सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार पाउने भएका हुन ।

उनीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसअघि  भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जोन जे. हपफिल्ड र जेफ्री ई. हिन्टनलाई दिने घोषणा गरिसकिएको छ ।

बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा हुनेछ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved