बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

नेपालभ्युज

बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

काठमाडौं । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप भरतपुरमा आयोजना हुने भएको छ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को वार्षिक क्यालेन्डरअनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।

च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स, अनर अफ किंंग्स र ई फुटबल गरी चार खेललाई समावेश गरिएको छ । मंगलबारदेखि खेलाडी दर्ता सुरु भएको ई स्पोर्ट्स संघ नेपालले जनाएको छ ।

प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने ईशानका सचिव आशिष दाहालले जानकारी दिए । दशैं लगत्तै छनोट खेल र कात्तिक ९ र १० गते ईभेन्ट सञ्चालन गर्ने तालिका रहेको दाहालले बताए ।

प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले ईशानको राष्ट्रिय च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved