इजरायलको जाफामा गोलाबारी, ८ जनाको मृत्यु

नेपालभ्युज

इजरायलको जाफामा गोलाबारी, ८ जनाको मृत्यु

एजेन्सी । इजरायलको तेल अवीव शहरको जाफामा गोलीकाण्ड भएको छ । गोली लागेर ८ सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको छ ।

जेरुसेलम स्ट्रिटमा भएको उक्त गोलीकाण्ड आतंककारी आक्रमण भएको इजरायली प्रहरीले जनाएको छ । थुप्रै घाइते भएका छन् ।

म्यागेन डेभिड एडोम एम्बुलेन्स सेवाले जाफामा गोली हानाहानमा परेका धेरै व्यक्तिको उपचार गरिरहेको जनाएको छ ।

असल्ट राइफल लिएर सशस्त्र दुईजनाले गोली हानेको तस्वीर सीसी टीभी फुटेजमा देखिएको छ ।

 

इजरायलमा इरानको मिसाइल आक्रमण सुरु, देशभर खतराको साइरन बज्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved